बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जयपृथ्वीमा गठबन्धनका बजालको अग्रता कायमै
Breaking News

जयपृथ्वीमा गठबन्धनका बजालको अग्रता कायमै

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा सत्ता गठबन्धन तर्फका उम्मेदवार चेतराज बजालको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरतबहादुर सिंहलाई ४३७ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

नगरपालिकाका अधिकांश वडाहरू गणना गर्दा बजालले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बजालले २ हजार ४२० मत प्राप्त गर्दा सिंहले १ हजार ९८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा गठबन्धन तर्फका उम्मेदवार रतन सिंहले २ हजार १५ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी जमुना चन्दले १ हजार ८९७ मत प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार