शनिबार, असार १५, २०८१
  • होमपेज
  • गडरायमा गठबन्धनका रमानन्द जोशी विजयी
Breaking News

गडरायमा गठबन्धनका रमानन्द जोशी विजयी

बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गडरायमा सत्तारूढ गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार रमानन्द जोशी विजयी भएका छन् ।

शनिबार सम्पन्न भएको मतगणनामा प्रतिद्वन्द्वी जनक सिंहलाई ४६ मतले पराजित गर्दै विजयी भएका हुन् । मतगणनाअनुसार गठबन्धन तर्फका उम्मेदवार सिंहले ४९६ मत पाउँदा गठबन्धनका जोशीले ५४४ मत पाएका हुन् ।

गठबन्धन तर्फबाट वडामा प्यानलसहित विजयी भएको छ । गठबन्धनबाट महिला सदस्य ५७५, दलित महिला सदस्य ५९१, खुला तर्फबाट ५६४ र ५५६ मत ल्याएर गठबन्धन निर्वाचित भएको हो ।

एमालेका तर्फबाट महिला सदस्य ५७३, दलित महिला सदस्यमा ४५५, खुला तर्फबाट क्रमश: ४७० र ४५५ मत ल्याएर पराजित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार