बिहिबार, असार १३, २०८१
  • होमपेज
  • गडरायमा गठबन्धनको अग्रता कायमै
Breaking News

गडरायमा गठबन्धनको अग्रता कायमै

बझाङ । सुरूवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेका वडाध्यक्ष पदमा पछिल्लो अपडेटअनुसार पछाडि परेको छ । करिब साढे ६ सय मतगणना गर्दा गठबन्धनका तर्फबाट अध्यक्षका पदका उम्मेदवार रमानन्द जोशीले एमालेका उम्मेदवार जनक सिंहलाई करिब दोब्बर मतले पछि पारेका छन् । जोशीले ४७२ मत प्राप्त गर्दा सिंहले २२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै महिला सदस्यमा गठबन्धनबाट ५०४, दलित महिला सदस्यबाट ५१९, खुलाबाट ४९४ र अर्को खुला सदस्यबाट ४८९ मत प्राप्त भएको छ भने एमालेका तर्फबाट महिला सदस्यले २९७, दलित महिला सदस्यले १८५, खुला सदस्यमा २२५ र अर्को खुला सदस्यमा २०० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा पनि गठबन्धनकै अग्रता

खप्तडछान्ना गाउँपालिकामा सत्तारूढ गठबन्धनले अग्रता कायमै राखेको छ । पछिल्लो अपडेटअनुसार गाउँपालिका अध्यक्षका लागि गठबन्धनका तर्फबाट उत्तमबहादुर रोकायाले ४४८ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर सिंहले २५१ मत कायम गरेका छन् ।

उपाध्यक्षका लागि गठबन्धनका तर्फबाट विष्णु थापाले ५८९ मतले अग्रता लिएका छन् । थापाले ६२६ मत ल्याउँदा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार देवकी जोशीले ३८ मतमात्रै प्राप्त गरेकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार