बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • भारतीय आयल कर्पोरेसनलाई २५ अर्ब पठाउँदै आयल निगम
अर्थ

भारतीय आयल कर्पोरेसनलाई २५ अर्ब पठाउँदै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)लाई २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ ।

१५/१५ दिनमा आइओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत बढ्न थालेपछि भुक्तानी रकम बढेको हो ।

नेपाल आयल निगमका अनुसार आइओसीले मे १ मा पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर डिजेलमा ४० रुपैयाँ र पेट्रोलमा २३ रुपैयाँ घाटा छ ।

‘निर्वाचनको चहलपहलका कारण खपत पनि बढेको छ, तर मूल्य समायोजन गर्न सकिएन । एक त मूल्य बढेर आयो, त्यसमा पनि खपत बढेपछि रकम व्यवस्थापन गर्न समस्या भइरहेको छ,’ निगमका अधिकारी भन्छन् ।

सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिने प्रक्रिया अघि बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार