बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेकपा एमालेद्वारा बैतडीका ८ स्थानीय तहमा उम्‍मेदवारको टुंगो लगायो
Breaking News

नेकपा एमालेद्वारा बैतडीका ८ स्थानीय तहमा उम्‍मेदवारको टुंगो लगायो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि cबैतडीको सुर्नया र डिलासैनी गाउँपालिकाबाहेकका स्थानीय तहमा उम्‍मेदवार टुंगो लगाएको छ । एमालेले दशरथचन्द नगरपालिकामा पुस्करराज जोशी ‘लख्खाभाई’ प्रमुख र उप-प्रमुखमा सरस्वती नेपाली उपप्रमुखको उम्मेदवार बनाएको छ । यसै गरी पाटन नगरपालिकाको प्रमुखमा नारायणसिंह भण्डारी र हरिना भट्ट, पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउँद तथा मेलौलडी नगरपालिकाको प्रमुखमा जगदिशसिंह नायक र उपप्रमुखमा चन्द्रकला साउँदलाई एमालले उम्‍मेदवार बनाएको हो ।

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती कार्की, शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारीसिंह साउँद र सकुन्तला साउँद, पञ्चेश्वर गाउँपालिकाको अध्‍यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा विना भट्टको नाम टुङ्गो लगाएको एमालेले जानकारी दिएको छ । यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा जसवीरसिंह बोहराको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षमा भने नाम टुंगो लागेको छैन । बैतडीको सुर्नया गाउँपालिका र डिलासैनी गाउँपालिकामा भने अझै टुंगो लगाउन बाँकी रहेको एमालेले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार