बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
समाचार

आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

 

आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनर्स्थापना गरेका थिए । जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएको सम्झनामा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । २०६३ साल जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसैको जगमा २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । २०७० साल मङ्सिर ४ गते दोस्रो संविधान सभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार