बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बिना निष्कर्ष सकियो सुदूरपश्चिममा सत्तारुढ दलको बैठक
Breaking News

बिना निष्कर्ष सकियो सुदूरपश्चिममा सत्तारुढ दलको बैठक

कैलाली । सुदूरपश्चिम स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा सत्तारुढ दलहरुबीच भागबण्डा गर्न शनिबार बसेको बैठक निष्कर्ष बिना सकिएको छ । कैलाली, कञ्चनपुर, डोटी र अछामका स्थानीय तहको भागबण्डाको विषयमा अन्तिमसम्म सहमतिको प्रयास गर्ने भन्दै शनिबार कैलालीको धनगढीमा बसेको बैठक निष्कर्ष बिना सकिएको हो ।

नेकपा एकीकृत समाजवादी पाटीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाहीले शनिबारको बैठकमा कैलालीको स्थानीय तहको भागबण्डा बाहेक अन्य ठाउँको विषयमा छलफल नभएको बताए । नेपाली कांग्रेस र माओवादी केन्द्रले आफुहरुसँग सल्लाह नगरेर भागबण्डाको विषयमा म्याइन्युट गरेको उनले बताए तर आफुहरुसँग सल्लाह नगरी गरिएको निर्णयमा हस्ताक्षर नगर्ने भनेपछि पुनः छलफल गर्ने कुरा भएको नेकपा एकीकृत समाजवादी पाटीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाहीले बताए ।

उनले गठबन्धनको बैठकले कैलालीसहित भागबण्डा टुङ्ग्याउन बाँकी रहेका कञ्चनपुर, डोटी र अछामको समेत निर्णय गर्नूपर्नेमा माओवादी केन्द्र र कांग्रेसले कैलालीको हकमा मात्र निर्णय गरेकाले त्यसमा सहमति नजनाइएको बताए । बैठकमा नेपाली कांग्रेसले कैलालीका १३ मध्ये ७ पालिका कांग्रेस, ४ माओवादी केन्द्र र २ वटा पालिका एकीकृत समाजवादी पार्टीलाई दिनेगरी प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाएको नेताहरुको भनाइ छ । तर माओवादी केन्द्र कैलालीका संयोजक लाजुुराम चौधरीले भने भागबण्डाको विषयमा बैठकमा छलफल भएपनि सहमति हुन नसकेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार