सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगे
समाचार

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगे

 

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगेका छन् । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो । अमेरिकी संसदीय टोलीको नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमण लगायतका विषयमा पनि छलफल हुनेछ । अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । टोली पर्सि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार