शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • पालिका चुनावका लागि अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो
Breaking News

पालिका चुनावका लागि अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो

 

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी गराएको छ । आज बिहीवारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हुने आयोगले जनाएको छ।

यसैबीच मतपत्र ढुवानी गर्दा नेपाली सेनाले सुरक्षा दिने भएको छ । चुनावका अरू सामग्री गृह मन्त्रालयसँग समन्वय गरेर नेपाली प्रहरीको सुरक्षामा जिल्ला–जिल्लामा पठाउने काम भइरहेको तर मतपत्र भने सेनाको सुरक्षामा ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतपत्र र अन्य चुनावी सामग्री कहाँ पुग्यो भनेर जीपीएसबाट अनुगमन गर्ने काम भइरहेको उनले बताए । दुर्गम जिल्लामा हेलिकप्टरबाटै मतपत्रको ढुवानी हुनेछ । पालिका चुनावका एक करोड ७७ लाख ३३ हजार जना मतदाता भए पनि आयोगले जगेडासहित एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार