बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङ गठबन्धनले पायो पूर्णता, कुन स्थानीय तह कसको भागमा ?
राजनीति

बझाङ गठबन्धनले पायो पूर्णता, कुन स्थानीय तह कसको भागमा ?

काठमाडौं । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सत्तागठबन्धन बझाङले स्थानीय तहको जिम्मेवारी बाँडफाँट गरेको छ । बुधबार बसेको बैठकले जिल्लाका १२ वटै स्थानीय तहको भागवण्डा गरेको हो ।

जसअनुसार नेपाली कांग्रेसको भागमा ७ स्थानीय तह, नेकपा एकीकृत समाजवादीको भागमा ३ र नेकपा माओवादी केन्द्रको भागमा २ स्थानीय तह गरी १२ वटै स्थानीय तहको बाँडफाँट गरेको नेपाली कांग्रेसले जनाएको छ ।

जिल्लाका दुई नगरपालिकासहित पाँच पालिका कांग्रेसको भागमा परेका छन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना, वित्थडचिर, सुर्मा र साइपाल गाउँपालिका कांग्रेसको भागमा परेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको भागमा ३ पालिका परेका छन् । जसमा तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका छन् भने नेकपा माओवादी केन्द्रको भागमा दुर्गाथली गाउँपालिका र छविसपाथिभरा गाउँपालिका परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार