शुक्रबार, भदौ २८, २०८१
अर्थ

शेयर बजार बढ्याे

आज मङ्गलवार शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार