मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • रथको पाङ्ग्राले च्यापिएर एक जनाको ज्यान गयो
समाचार

रथको पाङ्ग्राले च्यापिएर एक जनाको ज्यान गयो

भक्तपुरमा बिस्केट जात्रामा रथको पाङ्ग्राले च्यापिएर एक जना वृद्धको ज्यान गएको छ ।

 

जात्राको अन्तिम दिन आज सोमवार दिउँसो पौने चार बजेतिर गहिटीबाट बंशगोपालतर्फ लैजाँदै गरिएको रथ नासमाना चोकमा पुग्दा रथको पाङ्ग्राले एक वृद्धलाई च्यापेको थियो । पाङ्ग्राले च्यापिएर सूर्यविनायक नगरपालिका वार्ड नम्बर ५ का ७१ वर्षका दुर्गामान कस्पालको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । रथको पाङ्ग्राले च्यापिएपछि घाइते भएका कस्पालको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार