बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सरकार चुनावसँग डराएको ओलीको दाबी
समाचार

सरकार चुनावसँग डराएको ओलीको दाबी

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गरेका छन् । सोमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाए । आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीको भनाइ छ ।

नेत्रविक्रम चन्द विप्लवकै कारण चुनाव रोकिने हो भने विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न पनि उनले आग्रह गरे । अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको आरोप लगाउँदै कांग्रेस भिजन र सिद्धान्तविहीन पार्टी भएकाले यसको भविष्य नरहेको जिकिर गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार