आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सुनचाँदी क्षेत्रका तीन महासङ्घद्वारा सुनचाँदीआपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग सामूहिक आग्रह
अर्थ

सुनचाँदी क्षेत्रका तीन महासङ्घद्वारा सुनचाँदीआपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग सामूहिक आग्रह

 

सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज आइतवार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो । अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गएको हप्ताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै सङ्कटमा परेको उनीहरूको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताए । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य उपाय अवलम्बन गरी अहिलेको समस्या टार्न सकिने उनको भनाइ छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार