बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शोधानान्तर स्थिति ३ महिनामै सन्तुलनमा आउने अर्थमन्त्रीको दाबी
अर्थ

शोधानान्तर स्थिति ३ महिनामै सन्तुलनमा आउने अर्थमन्त्रीको दाबी

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थमन्त्री जनार्दन शर्माबीच आज अर्थमन्त्रालयमा भेटघाट भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री शर्माले सुझावको लागि गरेको निमन्त्रणा गरेका थिए ।

भेटका नाफिज कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष मोदनाथ ढकालले सुझाव पेश गरे । नाफिजले दिएको सुझावमा पत्रकार हकहित र अर्थतन्त्रमा गरिनुपर्ने सुधारको बारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ । जसमा विदेशी विनिमय सञ्चिति बढाउनको लागि आगामी बजेटमा समेट्नु पर्ने विषय र अर्थतन्त्रलाई प्रभावकारी रुपमा कसरी अघि बढाउने भन्ने उल्लेख छ ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री शर्माले बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र रहने बताए । शर्माले कृषिमा स्रोत, साधन र श्रमको पहिचान, व्यवस्थापन र उपयोग गर्न नसकिएको स्वीकार्दै कृषि र कृषि केन्द्रीत कार्ययोजना कार्यान्वयन संयन्त्रमा रुपान्तरतको आवश्यक रहेको बताए ।

‘मैले पछिल्लो ८ महिनाको आयातको तथ्याङ्क विश्लेषण गरेंजसमा सबैभन्दा धेरै कृषि उपजकै हिस्सा देखिन्छ,’ उनले भने, ‘हामी उत्पादनमुखी अर्थतन्त्रमा जानुको विकल्प छैन ।’ शर्माले आयातको तथ्यांक विश्लेषण गर्दा आयातको परिमाण नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको कारण आयातको आयात मूल्यको ‘ग्राफ’ बढेको आफूले महसुस गरेको जिकिर गरे ।

शर्माले भने, ‘गत आर्थिक वर्षको ८ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थआयात भएको थियो । चालू आवको सोही अवधीमा १ खर्ब ८८ अर्बको आयात भएको देखिएको छ ।’ खाने तेल, मेसिनरी पार्टपूर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए । यस्ता वस्तुमा मूल्यवृद्धिको मार परेको अर्थतन्त्रमाउनको दाबी छ ।

शर्माले शोधनान्तरघाटालाई अगामी ३ महिनामै ‘ब्यालेन्स’ मा ल्याउने प्रतिबद्धता गरे । यसबारे शुक्रबार नै राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै उनले भने, ‘शोधानान्तर स्थितिलाई सन्तुलनमा ल्याउनराष्ट्र बैंक र अर्थमन्त्रालय गम्भीर छ,आयातकडाइको असर देखिन थालेको छ। आगामी असार भित्रै सन्तुलन हुने हामीले विश्वास गरेको छौं ।’

शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको पनि बताए । शर्माले भने, ‘अब कृषिमा रुपान्तरण जरुरी छ, हामीले कम्तिमा साग त रोप्नु प¥यो नि !’ विद्युत खपतमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । अर्को आम्दानीको महत्वपूर्ण स्रोत पर्यटन भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए । यसका लागि पनि सरकारले काम गरिरहेको उनले बताए ।

शर्माले ग्याँसमा अहिले नेपाल आयल निगमले प्रतिसिलिन्डर ९२५ रुपैयाँ अनुदान दिइरहेको बताउँदै अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सरकारले सोचिरहेको जानकारी दिए । हाइब्रिड बीउ दिएर किसानलाई धानको उत्पादनमा जोड गर्न लगाइने उनले बताए ।

भेटमा अर्थमन्त्रीका आर्थिक सल्लाहाकार डा. सुरेन्द्र उप्रेती, मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला, मन्त्री शर्माका प्रेस विज्ञ अजित अधिकारी, बैंक तथा वित्तीय क्षेत्र विज्ञ शालिकराम पोखरेल तथा नाफिज कार्यसमितिको सहभागिता थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार