बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • चर्चामा रहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को सुखद सुरुवात
समाचार

चर्चामा रहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को सुखद सुरुवात

 

बहुप्रतिक्षित कन्‍नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग प्रदर्शन मिति जुधेका कारण सुरुदेखि नै चर्चामा रहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले सुखद सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले पहिलो दुई दिनमा करोडमाथिको कमाइ गरेको हो। निर्माण टोलीका अनुसार पहिलो दिन मात्रै फिल्मले ८० लाखको कमाइ गरेको थियो। तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो र दोस्रो दिन गरेर करोडको आँकडा पार गरेको हो।

त्यस्तै प्रदर्शनमा आएको तेस्रो दिन पनि हलमा दर्शकको चाप उल्लेख्य देखिएको छ। दुई करोडमाथिको बजेटमा बनेको फिल्मले पहिलो हप्तामा लगानी सुरक्षित गरेर नाफामा जाने अनुमान गरिएको छ। सफल फिल्म सिरिजको चौथो फिल्म ‘ए मेरो हजुर ४’ लाई प्रतीक्षित मानिएको थियो। फिल्मले प्रदर्शन मिति तोकिसकेपछि ‘केजिएफ च्याप्टर २’ ले पनि सोही मितिमा आउने घोषणा गरेको थियो। ठूलो बजेटमा बनेको बहुप्रतिक्षित फिल्मसँग जुध्ने निश्चित भएपछि पनि निर्माता सुनिल कुमार थापा भने तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्नेमा दृढ देखिएका थिए। ‘ए मेरो हजुर ४’ ले सुखद सुरुवात गरे पनि ‘केजिएफ २’ ले ठूलो असर भने पारेको देखिएको छ। ‘केजिएफ २’ मा दर्शकको चाप बढी भएपछि ‘ए मेरो हजुर ४’ को शो तेस्रो दिनदेखि नै घटाउन थालिएको छ। दर्शकको उपस्थिति उच्च हुँदा हुँदै शो घटाएकोमा फिल्म निर्माताले आक्रोश व्यक्त गरेका छन्।

झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार