बुधबार, भदौ २६, २०८१
  • होमपेज
  •  धामीको कुटाइबाट एक महिलाको ज्यान गयो
Breaking News

 धामीको कुटाइबाट एक महिलाको ज्यान गयो

 

रूढीवादी परम्परा अनुसार धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको ज्यान गएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो ।साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायणदत्त भट्टले  कुटपिट गर्न थालेका स्थानीयले बताएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामीझाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अपराधको घटना भएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए। मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए। धामीकै कारण साउदको ज्यान गएको भन्दै स्थानीयले घर घेराउ गरेका छन् । साउद एकल महिला हुन् । आर्थिक अभावका कारण उनी अस्पताल जान नसकेको र धामीझाँक्रीको भरमा परेको स्थानीयको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार