बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  •  सरकारद्वारा सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
Breaking News

 सरकारद्वारा सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

 

सरकारले सिफारिस गरेका २० देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका २० देशका राजदूतमाथि उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएका २० जना राजदूतमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

गएको चैत २४ गते बिहीवारको मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, वासुदेव मिश्रलाई श्रीलङ्का, मीलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी डिल्लीराज पौडेललाई मलेसिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतमा सिफारिस गरिएको थियो । घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो । प्रस्तावित राजदुतहरूको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ । त्यसपछि उनीहरूको योग्यता, क्षमता र कार्ययोजनाको मूल्याङ्कन गरी समितिले उनीहरूको नाम अनुमोदन गर्नेछ । समितिले अनुमोदन गरेका राजदूतहरूलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार