शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार

नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८०६ जना पुगेका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार २५९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ज्यान भने कसैको नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार