मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • अमेरिकाद्वारा युक्रेनलाई आर्थिक सहयोग गर्ने घोषणा
समाचार

अमेरिकाद्वारा युक्रेनलाई आर्थिक सहयोग गर्ने घोषणा

 

 अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो। सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गरेका थिए । प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ। त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि रहेका छन्।

यसैबीच रुसी सैनिक पानीजहाजमा विस्फोटबाट क्षति भएको छ । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट क्षति भएको जनाएको छ। पानीजहाजको चालकदलका सदस्यलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको मस्कोले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार