शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड
Breaking News

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड

 

नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।

पश्चिम मूलढोकामा विशेष सजावट पनि गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषको संस्कृति महाशाखा प्रमुख पराजुलीले बताए । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ। विगतका वर्षमा पनि नयाँ वर्षको पहिलो दिन वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको थियो । आज सार्वजनिक बिदा छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार