आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • केन्द्र रह्यो केन्द्र, माओवादी पार्टी होइन : अध्यक्ष ओली
समाचार

केन्द्र रह्यो केन्द्र, माओवादी पार्टी होइन : अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई पाँच दलीय गठबन्धनको बहकाउमा लागेर चुनाव बिथोल्ने साँठगाँठ नगर्न आग्रह गरेका छन्। ओलीले पाँच दलीय गठबन्धन बहाना खोजेर निर्वाचन पर सार्न लागेको आरोप समेत लगाएका छन्। आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचन कुनै पनि हालतमा सार्न नमिल्ने भन्दै ओलीले यो षडयन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य नहुने बताए। आज नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवलाई प्रचण्डको मतियार भएर गठबन्धनको षडयन्त्रको शिकार नबन्न समेत आग्रह गरे।

उनले भने, ‘प्रचण्डको माओवादी केन्द्रबारे मैले हिजो बझाङमा बोल्दा भनेको थिएँ– माओवादी अब कुनै पार्टी रहेन । केन्द्र रह्यो केन्द्र, माओवादी पार्टी होइन, माओवादी केन्द्र । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्रै छ । नेताहरू दुई/चार जना छन्, अरू हिँडिसके । माओवादी केन्द्र र माधव नेपाल गुट कांग्रेसको पुच्छर मात्रै हो । जिउमा बसेको मछट र झिँगा हम्काउनका लागि काम लाग्छ । अरू केही उपादेयता छैन । यस्ताहरू एमाले सिध्याउने भनेर हिँडेका छन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार