बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कार्यकर्ता प्रवेश गराइरहेकी निशा धामीलाई एमाले भन्छ, आफ्नै घर फर्केकोमा बधाई !
राजनीति

कार्यकर्ता प्रवेश गराइरहेकी निशा धामीलाई एमाले भन्छ, आफ्नै घर फर्केकोमा बधाई !

बझाङ । नेकपा एमाले बझाङले आयोजना गरेको आमसभामा केदारस्युँकार्यकर्ता प्रवेश गराइरहेकी निशा धामीलाई एमाले भन्छ, आफ्नै घर फर्केकोमा बधाई ! गाउँपालिकाकी उपाध्यक्ष निशा धामीको नाम पटक पटक दोहोरियो । सोमबार भएको आमसभामा उद्घोषक आनन्दलाल विकले उपाध्यक्ष धामीलाई आफ्नै घरमा फर्किएकोमा बधाईसमेत दिए ।

आमसभामा धामीलाई पार्टी प्रवेश गराउने र सम्बोधन गराउने कार्यक्रम थिए । उनलाई उद्घोषक विकले बधाई दिएपछि तालीले कार्यक्रमस्थल नै तालीमय भएको थियो । तर, यता त्यसैबखत उपाध्यक्ष धामी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेकी थिइन् ।

जयपृथ्वी नगरपालिकाका १ कैलाशका उमेश शाही र आनन्द शाही नेकपा एमालेबाट पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका थिए । उनलाई पार्टी अध्यक्ष इन्द्र भण्डारीसहित सचिवालय सदस्यसमेत रहेकी धामीले प्रवेश गराएका थिए । ‘म आफ्नो पार्टीको कार्यक्रममा थिएँ,’ उपाध्यक्ष धामीले भनिन्, ‘एमालेले मेरो नाम सम्बोधन गर्दै पार्टी प्रवेश गराएको भन्ने सुनियो । मलाई भने थाहा छैन ।’

नेकपा एमालेका नेता तथा कार्यकर्ताले गाउँपालिका उपाध्यक्ष धामीको चरित्रहत्या गरेको समाजवादीका उपसचिव गणेश बोहराले बताए । उपाध्यक्ष धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार