बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • देश श्रीलङ्का बन्छ भन्नु अफवाह मात्रै : अर्थमन्त्री
अर्थ

देश श्रीलङ्का बन्छ भन्नु अफवाह मात्रै : अर्थमन्त्री

 

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्। आज सोमवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले गभर्नर अधिकारीलाई सरकारले राष्ट्र बैंकको ऐन, कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको तर्क गरे ।
उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन समिति गठन गरेका छौँ। समितिलाई काम गर्न दियो भने समितिले छानबिन गरेर हामीलाई प्रतिवेदन दिनेछ । त्यो प्रतिवेदनले यी सबै प्रश्नको जवाफ दिनेछ ।’

त्यस्तै अर्थमन्त्री शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह मात्रै भएको बताए । उनले सरकारले चुनाव खर्च र वृद्धभत्तासमेत दिन नसक्ने भनेर गरिएको प्रचार अफवाह मात्र भएको दाबी गरेका छन् । उनले सरकारले निर्वाचन तथा अन्य सबै कार्यको लागि रकम निकासासमेत गरेको स्पष्ट पारे। अफवाह जोडेर देश श्रीलङ्का हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले यस्तो अफवाह फैलाउनु राष्ट्रघात भएको जिकिर गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार