बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किङ्ग्स पराजीत
समाचार

आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किङ्ग्स पराजीत

 

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । मुम्बईमा चेन्नईले दिएको एक सय ५५ रनको लक्ष्य हैदराबादले दुई विकेट गुमाएर १४ बल बाँकी रहँदै भेट्टायो ।हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए । चेन्नईले आजसहित लगातार चार खेलमा हार्दै अङ्क बटुल्न सकेको छैन । तीन खेलमा दुई अङ्क बटुल्दै हैदराबाद आठौँ स्थानमा उक्लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार