बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जसपाद्वारा गठबन्धनबाट बाहिरिएको घोषणा
Breaking News

जसपाद्वारा गठबन्धनबाट बाहिरिएको घोषणा

सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। केन्द्रमा गठबन्धन दलहरूबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको जनाएको छ। कैलालीको धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो। केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो तर जसपालाई हटाउदै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले बताए।

यस्तै सुदूरपश्चिम प्रदेशमा गठबन्धन नहुने पनि उनले बताए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार