बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने
Breaking News

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने जनाएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनमध्येको एक घटक जसपाले सुदूरपश्चिममा गठबन्धन तोड्ने जनाएको हो। प्रदेश सरकारमा आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै गठबन्धनबाट बाहिरिने तयारी गरिएको जसपा सुदूरपश्चिमका एक नेताले बताएका छन्। शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् तर जसपालाई सहभागी गराइन। सरकारमा सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन्।

केही बेरमा पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने कुरा सार्वजनिक गरिने बताइएको छ। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट एकजना प्रदेशसभा सदस्य छन्।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार