आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसद्वारा युद्ध कमाण्डर परिवर्तन
समाचार

अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसद्वारा युद्ध कमाण्डर परिवर्तन

 

रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ । रुसले किभ लगायत मुख्य सहर कब्जा गर्न सकेको छैन भने अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित भएको छ । रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले विफल बनाउँदै लगेपछि रुस मुख्य सहरबाट पछि हटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार