बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • ओलीद्वारा देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोध
Breaking News

ओलीद्वारा देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोध

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोध गरेका छन्।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दागर्दै अधिकारीलाई निलम्बन गरिएको बताए । ‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ।’ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति जनाए।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।

ओलीले भने,हामीलाई थाहा छ न्यायालय कस्तो छ भन्ने,’ । ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए। देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको ओलीले बताए। ‘यत्रोविधि आन्दोलन गरेका मान्छे छन्, दु:ख पाएका मान्छे छन्, तर नियुक्ति आफन्तले खाइरहेका छन्,’ ओलीले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार