आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • उपकार लघुवित्तको आइपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिने आवेदन ?
स्टक

उपकार लघुवित्तको आइपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिने आवेदन ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) निष्काशनमा ल्याएको छ ।

लघुवित्तले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

लघुवित्तको आइपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् पनि कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आइपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार