शुक्रबार, भदौ २८, २०८१
Breaking News

आमा

कम्मान रावल

प्रत्येक रात,
हरेक बिहान
म किन
उसलाई सम्झन्छु ?

जन्मदिने
आमाको प्यार भुलेर
म किन
उसको प्यारलाई उचाई दिईरहेछु ?

किन
आमाको भन्दा पनि
उसको काख
न्यानो लाग्छ आजकाल ?

अनि किन
उसको आवाज
आमाको भन्दा मधुर लाग्छ ?

तर,
पाउमा ठेस लाग्दा
आमा निस्कियो मुखबाट
निस्किएन उसको नाम।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार