बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेका छन् : मन्त्री आले
समाचार

आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेका छन् : मन्त्री आले

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताएका छन । आज बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताएका हुन । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए।

मन्त्री आलेले भने, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा गर्नुस्, चाहे पशुपति धर्मशालाको कुरा गर्नुस्, चाहे चार्टर्ड फ्लाइटमा भएका भ्रष्टाचारका कुरा गर्नुस् । म राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिलाई पेसा कहिल्यै बनाइनँ । राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, तीन करोड नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु । मलाई कुनै चिजको लोभ छैन । एअरपोर्टमा ट्याक्सीवालाको लुटपाट हुन्थ्यो, श्रमिकहरू वैदेशिक रोजगारमा जाँदा म्यानपावरदेखि विभिन्न ठाउँमा ठगिने गर्थे, ती सबै समस्या समाधान भएको छ ।’

अघिल्लो समाचार

 जनकपुरमा चैती छठ पर्व
 जनकपुरमा चैती छठ पर्व

अर्को समाचार

आमा
आमा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार