आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • नेपालमा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
समाचार

नेपालमा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा नेपालमा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ६८ जनाको नमुना परीक्षण गर्दा थप सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार सात जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ८४७जना संक्रमणमुक्त भएका छन् ।

यस्तै २४ घण्टामा ५० हजार ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार