बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ को तयारी पूरा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा
Breaking News

‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ को तयारी पूरा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हुन गइरहेको ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ को तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने मार्टले सुदूरपश्चिमको कला, संस्कृति, धार्मिक तथा प्राकृतिकलगायत सबै खाले पर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सुदूरको पर्यटन प्रवर्द्धन गर्न विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन व्यवसायमा आवद्ध पर्यटन व्यवसायीले आयोजना गरेको ट्राभल मार्टमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मार्ट आयोजना गरिएको नाट्टा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए ।
अध्यक्ष भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचार प्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोग धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्सी नाटा सुदूरपश्चिम प्रदेश संघको आयोजना तथा सुदूरपश्चिम प्रदेशमा पर्यटन व्यवसायमा आवद्ध विभिन्न संघसंस्थाहरू, होटल व्यवसायी संघहरु, उद्योग वाणिज्य, सञ्चारलगायतको सहकार्यमा मार्टको तयारी अगाडि बढेको छ ।
‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने नारासहित आयोजना सुरु हुन लागेको ट्राभल मार्टमा पर्यटनसँग सम्बन्धित विभिन्न निकायलाई निमन्त्रणा गरेको हो ।
मार्टका संयोजक प्रमानन्द भट्टका अनुसार सुदूरपश्चिमका विभिन्न ठाउँमा नयाँ प्याकेजसहित शुल्काफाँटा, कर्णाली, टिकापुर, घोडाघोडीलगायतका क्षेत्रमा तीन दिने कार्यक्रम आयोजना गरेको छ । उनका अनुसार खप्तडमा पनि अबको केही समयमा ४÷५ दिनको प्याकेज गरिने भएको छ ।
यातायात, हवाइ ट्राभल, विदेशी तथा स्वदेशी पर्यटक भित्याउन सबै निकायसँग समन्वय गरेको उनले बताए ।
‘सम्भावनाको खानी भएको सुदूरपश्चिममा धेरै नभए पनि पर्यटन क्षेत्रको विकासमा केही इटा थपिएको छ,’ नाट्टा सुदूरपश्चिम अध्यक्ष भट्टले भने, ‘पर्यटनमा आज नभए भोलि प्रवर्द्धन हुनेछ । त्यसका लागि आजैदेखिको तयारी गर्नुपर्छ । त्यसैले हामी पनि त्यसैको तयारीमा छौं ।’
उनका अनुसार २०१० को योजनाअनुसार २०२२ मा आउँदा केही विकास भएको छ । उनले भने, ‘अबको विकास भनेको २०२० देखि गरिबी न्यूनीकरण कसरी गर्ने, पर्यटकलाई नयाँ बाटोमा कसरी अगाडि बढाउने भन्ने विषयमा अबको पर्यटन हुनुपर्छ ।’
मार्टमा २५÷२६÷२७ गरेर तीन दिनमा करिब ३ देखि ५ सय जनालाई भ्रमण गराउने लक्ष्य रहेको संयोजक भट्टले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार