शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • कोभिड-१९ महामारी यताकै सबैभन्दा बढी पर्यटक मार्चमा नेपाल भित्रिए
Breaking News

कोभिड-१९ महामारी यताकै सबैभन्दा बढी पर्यटक मार्चमा नेपाल भित्रिए

 

कोरोना भाइरस (कोभिड-१९) महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएपछि एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो ।

सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएको थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो समय नेपालमा पर्वतारोहणको सिजन सुरु भएको छ । यो समय पदयात्रामा जाने समय समेत भएकाले धेरै पर्यटक यस सिजनमा हुने गर्छ । पर्यटन व्यवसायीहरु समेत पर्यटक आगमनको बढ्दो संख्यासँगै उत्साहित बनिरहेका छन् ।

पोहोरको मार्च महिनामा जम्मा १४ हजार नौ सय ७७ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु नहुँदै सन् २०१९ मा भने मार्च महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या एक लाख २७ हजार जनाभन्दा धेरै थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार