बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एमालेबाट निर्वाचित बेदकोट नगरपालिकाका मेयर चन्द एकीकृत समाजवादीमा प्रवेश
Breaking News

एमालेबाट निर्वाचित बेदकोट नगरपालिकाका मेयर चन्द एकीकृत समाजवादीमा प्रवेश

 

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मेयर चन्दसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज आइतवार पार्टी प्रवेश गराएका छन् । चन्दसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीरबहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार