शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालद्वारा मलेसिया ८५ रनले पराजीत
Breaking News

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालद्वारा मलेसिया ८५ रनले पराजीत

 

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएको छ । नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयो । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए ।
यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट लिए । यस्तै कुशल भुर्तेल र रोहित पौडेलले एकरएक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । आजको खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी ९पीएनजी० फाइनलमा पुगेको छ । मलेसिया र पीएनजीको समान दुई अङ्क रहे पनि नेट रनरेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदो सोमवार हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार