शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणीय : प्रधानमन्त्री मोदी
Breaking News

भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणीय : प्रधानमन्त्री मोदी

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन्। दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन्।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचिनकालदेखि जोडिएको बताउँदै उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काका सुख–दुःखका साथी हौँ ।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे । प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनु भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवम् गतिशील तुल्याउन देउवाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार