शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देउवा र माेदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन
Breaking News

देउवा र माेदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन

 

जनकपुर–जयनगर रेलको उद्घाटन  गरिएको छ । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन्। दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन्। यता जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ। उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका थिए। दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने कार्यतालिका रहेको छ। रेल प्रत्येक स्टेशनमा रोकिने जनाईएको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको समेत उद्घाटन गरेका छन् । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा आज शनिवार आयोजित समारोहमा उनीहरूले एक सय ३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन् । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो रहेको छ । करिडोरमा तीन सय दुई वटा टावर रहेका छन् । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो । सोलु करिडोर नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बै्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार