शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघको एनसेलसँग विशेष सहकार्यअन्तर्गत १५ औँ दरबारमार्ग महोत्सव आयोजना हुँदै  
समाचार

नेपाल उद्योग वाणिज्य महासंघको एनसेलसँग विशेष सहकार्यअन्तर्गत १५ औँ दरबारमार्ग महोत्सव आयोजना हुँदै  

 

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल ९रेबान० र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यअन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ गते शनिवार आयोजना गर्न लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति रहनेछ जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार