शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहीँ अबधिमा ज्यान गुमाउनेको संख्या भने शुन्यरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । योसँगै नेपाल ज्यान गुमाउनेको संख्या ११ हजार ९८१ पुगेको छ भने ९ लाख ६५ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार