शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिद्वारा शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प
समाचार

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिद्वारा शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प

 

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ। निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको हो। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।उनले भने, ‘हामीले गर्दा घाटा लागेको होइन। सरकारले हाम्रो कमिसन मूल्य बढेअनुसार बढाउनु पर्छ,’

सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो। निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ। बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्रले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार