शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एसियन कप फुटबल छनोट प्रतियोगिताका लागि अलमुताइरीद्वारा २४ खेलाडीको नाम तय
Breaking News

एसियन कप फुटबल छनोट प्रतियोगिताका लागि अलमुताइरीद्वारा २४ खेलाडीको नाम तय

 

एसियन कप फुटबल छनोट प्रतियोगिताका लागि २४ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाईएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडीको नाम तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । आउँदो अप्रिल १५ तारिखदेखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ । बन्द प्रशिक्षणमा किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर र दर्शन गुरुङको नाम परेको छ । यस्तै देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ पनि टोलीमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार