शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पूर्वसांसद मञ्च नेपालद्वारा आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग
समाचार

पूर्वसांसद मञ्च नेपालद्वारा आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग

 

पूर्वसांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँदलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्च, नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुहरुको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा विकास निर्माणका काम ठप्प भएको, जनता मूल्य वृद्धिको मारमा पिल्सिएको र मजदुरहरुको रोजिरोटी गुम्ने सम्भावना रहेको भन्दै तत्काल मूल्यवृद्धि रोक्न माग गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार