शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Breaking News

थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण ज्यान भने कसैको पनि नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
बिहीबार २५ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५० पुगेको छ भने ९ लाख ६५ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार