सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • लिभरपुलद्वारा टाइब्रेकरमा चेल्सीलाई नाटकीय रूपमा पराजित
Breaking News

लिभरपुलद्वारा टाइब्रेकरमा चेल्सीलाई नाटकीय रूपमा पराजित

लिभरपुलले चेल्सीलाई आइतबार राति नाटकीय रूपमा टाइब्रेकरमा पराजित गर्दै लिगकपको उपाधि जितेको छ ।

वेम्बलीमा भएको फाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ लिभरपुलले चेल्सीलाई ११–१० ले हरायो । दुवै टोलीका ११–११ खेलाडीले पेनाल्टी प्रहार गर्दा चेल्सीका गोलकिपर केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा चुके । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

त्यसअघि लिभरपुलका दोस्रो रोजाईँका गोलकिपर कोइमहिम केलेहरले गोल गरेका थिए । त्यसपछि आएका केपा चुक्दा चेल्सी पराजित भयो । पेनाल्टी विशेषज्ञकै रुपमा केपालाई अतिरिक्त समयको पनि अन्तिम समयमा एडुवार्डो मेन्डीको स्थानमा मैदानमा पठाइएको थियो । तर उनले न कुनै पेनाल्टी रोक्न सके, न आफूले गोल गर्न सके । लिभरपुल सर्वाधिक ९ पटक लिग कपको उपाधि जितेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार