आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने
समाचार

स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने

आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

सत्तारुढ दलहरुले अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा छ । तर शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार