बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेकपा (एमाले)का अध्यक्ष ओलीद्वारा पाँच दलीय सत्ता गठबन्धनलाई हरिणको संज्ञा
Breaking News

नेकपा (एमाले)का अध्यक्ष ओलीद्वारा पाँच दलीय सत्ता गठबन्धनलाई हरिणको संज्ञा

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई हरिणको संज्ञा दिएका छन्। स्थानीय तहको निर्वाचन प्रतिबद्धता(पत्र तयारी कार्यशालालाई सम्बोधनको क्रममा ओलीले एमालेलाई बाघसँग तुलना गर्दै बाघ देख्यो भने हरिण कुद्नु उसको कुनै छनोट नभएर बाध्यता भएको टिप्पणी गरेका हुन्।

गठबन्धनबारे कटाक्ष गर्दै ओलीले भने, ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो। बाघ देख्यो भने हरिण कुद्छ। यो हरिणको कुनै छनोट होइन, बाध्यता हो। नत्र त बाघले खाइहाल्छ। एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन तरु तर, यसले हामीलाई फरक पार्दैन।’
पछिल्ला दिनहरुमा हजारौं मानिसले एमालेमा प्रवेश गर्ने क्रम चलेकाले विजय सुनिश्चित भएको दाबी गरे। उनले नेता कार्यकर्ताहरूलाई विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन समेत दिए। एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाबिना निर्वाचनमा होमिन समेत निर्देशन दिए। एमालेका उपाध्यक्ष एवम् घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार