शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपालमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार एक सय ९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार