आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • बिम्स्टेकको बैठकमा भाग लिन श्रीलंका पुगे परराष्ट्रमन्त्री खड्का
Breaking News

बिम्स्टेकको बैठकमा भाग लिन श्रीलंका पुगे परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को १८ औं मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंका पुगेका छन् ।

उनले श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्षसहित भारत, बंगलादेश र थाइल्याण्डका विदेशमन्त्रीसँग बेग्ला बेग्लै भेटेका छन् । ती भेटमा द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार